Breaking News.... EverestOnlineKhabar
June 26, 2026

वड उपमहानगरपालिकाको महिलो दलित मेयर…….

Loading

धनगढी,२५ असार ।
धेरैको चाँसोको विषय रहेको सात नम्बर प्रदेशको एक मात्रै धनगढी उप–महानगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांगेस विजयी भएका छन् । शनिवार बिहान सार्वजनिक भएको परिणाम अनुसार मेयरमा कांग्रेसका नृपबहादुर वडले निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७९७ मतले पछि पार्दै प्रमुखमा विजयी भए ।
उनले १४३२४ मत ल्याए भने उनका प्रतिस्प्रर्धी हमालले ११५२७ मत पाए। यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट भारी मतले विजयी भएकी छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी रुक्मणी देवकोटालाई ४६४५ मतले पछि पार्दै उपमेयरमा जित हासिल गर्न सफल भइन् । भट्टले १७४०८ मत पाउँदा उनकी प्रतिस्पर्धी देवकोटाले १२७६३ मत ल्याइन । यस्तै धनगढीका १९ वटा वडा मध्ये कांग्रेसले प्यानल र अध्यक्षमात्र सहित १२, माओवादी केन्द्रले ४ र एमालेले ३ वडामा जित हात पारेका छन्।
वड उपमहानगरपालिकाको पहिलो मेयर बन्न समेत सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.