Breaking News.... EverestOnlineKhabar
August 13, 2026

युवा कलाकार निलुको अन्त्येष्टि,कलाकारहरुको रुवाबासी….

Loading

काठमाडौ, असार ।
हृदयघातका कारण शनिबार निधन भएका निर्देशक निलु डोमा शेर्पाको मंगलबार स्वंम्भुमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। निर्देशक निलुलाई श्रद्धाञ्जली दिन नेपाली फिल्म क्षेत्रमा सक्रिय कलाकार र शुभचिन्तकहरु स्यम्भु पुगेका थिए।
अभिनेत्री निशा अधिकारी, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, रेखा थापा, दीपाश्री निरौला, भूमिका श्रेष्ठ, मनिषा ढकाल, लगायत स्वयम्भु आर्यघाटमा पुगेर निर्देशक निलुलाई श्रद्धाञ्जली दिएका थिए।
निर्देशक निलुकी आमा तेन्जिङ लामु शेर्पा अन्तिम दाहसंस्कारमा सहभागि भएकी थिइन्। अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म‘हाउ फन्नी’ को निर्देशक गरेकी निर्देशक निलु डोमा शुक्रबार अभिनेत्री निशा अधिकारीको वैवाहिक समारोहमा सहभागी भएकी थिइन्। शनिबार बिहान उनी मृत्यु भएको थियो।
निलुको शवलाई तेस्रो लिङ्गी अधिकारवादी संस्था निलहिरा समाजका सदस्यहरुले रेम्बो झन्डा ओडाइदिएका थिए। निलुको निधनप्रति सो संस्थाले दुःख प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed