Breaking News.... EverestOnlineKhabar
June 4, 2026

शिक्षा विभागलाई अखिल(क्रान्तिकारी) ले बुझायो ८ बुँदै माग,पुरा नभए आन्दोलनमा जाने चेतावनी

Loading

काठमाडौ,२१ असार ।
अखिल (क्रान्तिकारी) ले शिक्षा विभागलाई निजी विद्यालयमा तत्काल गर्नुपर्ने कामहरु भन्दै ८ बुँदे ज्ञापन पत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) का संयोजक विजय गौतमको नेर्तत्वमा गएको टोलीले शिक्षा विभागका महानिर्देशकलाई ८ बुँदे माग पत्र बुझाएको छ । अखिल(क्रान्तिकारी) ले शिक्षा विभागलाई बुझाएको ८ बुँदे माग पत्र निम्नअनुसार छन्ः
१. दश जोड दुईमा शिक्षा ऐन अनुरुप १० प्रतिशत छात्रवृत्ति लागु गराउन।
२. छात्रवृत्ति पाएका विद्यार्थीलाई कतिपय विध्यालयले शुल्क लिएको पाइकोले अनुगमन समिति बनाई कार्वाही गरिनुपर्ने ।
३. विदेशी नाम नफेर्ने दश दजोड दुई लाई तत्काल कारवाही गर्नुपर्ने।
४.दश जोड दुईमा अधिकतम शुल्क सिमा तय गरि लागु गरिनुपर्ने।
५. प्लस २ ले गरेका भड्किला बिज्ञापन रोक्दै विज्ञापन आचारसंहिता बनाई लागु गरिनुपर्ने।
६.शिक्षाको नाममा ं२ मा हुने ज्यादती अन्त्य गरिनुपर्ने ।
७. ए लेभललाई नियमन गर्दै प्लस् टु छात्रबृत्ति लागु गरिनुपर्ने लगायतका ८ बुँदे माग रहेका छन् ।
आफुहरुका माग तत्काल सम्वोधन नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed