![]()
काठमाडौ,२१ असार ।
निजी हवाई सेवा प्रदायक एयरलाइन्स कम्पनीले आन्तरिक उडानको भाडा घटाएको छन्। वायु सेवा सञ्चालन संघले बुधबारदेखि लागु हुने गरी भाडा समायोजन गरेको हुन्। आइतबार नेपाल वायु सेवा निगमले हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ घटाएसँगै सघंले पनि हवाई भाडा घटाएको हुन्।
इन्धनको मूल्य घटेसँगै भाडामा समायोजना गरिएको निजी हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । नयाँ भाडा लागू भएसँगै अब विराटनगर ७ हजार १ सय चार, भद्रपुर ८ हजार ५ सय ७६, भैरहवा ५ हजार ९ सय १३, धनगढी १२ हजार १९, नेपालगन्ज ९ हजार ३ सय ६५, पोखरा ४ हजार ६ सय ३४ र जनकपुर ३ हजार ९ सय ४८ रुपैयाँमा यात्रा गर्न पाइने भएको छ।
यसैगरी सिमरा तीन हजार पाँच, भरतपुर ३ हजार ४ सय ५३, तुम्लिङटार ५ सय ६ सय २३ र माउन्टेन फलाइटको १० हजार आठ सय ६२ रुपैयाँ निर्धारण गरिएको छ। हवाई भाडा–सुचीसहितः


