Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एनआरएन अष्ट्रेलियाको निर्वाचन कार्यतालिका सार्वजनिकः ८ हजार २ सय ४० मतदाता

Loading

सिड्नी,२१ असार ।
आउँदो जुलाई ८ तारिखमा एनआरएन अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । हरेक दुई वर्षमा मतदानको प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुँदै आएको एनआरएन अष्ट्रेलियाको निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारीको लागि आवेदन जुन १७ तारिखबाट खुल्ला हुनेछ भने १९ जुन मध्यरात १२ बजेभित्रमा उम्मेद्वारी दर्ताको प्रक्रिया सम्पन्न हुनेछ । यसरी परेको उम्मेद्वारहरुको सुची २० जुनमा प्रकाशित गर्ने र यसमा कुनै दावी विरोध भए त्यसका लागि २२ जुन सम्मको समय प्रदान गरिनेछ । २४ जुनमा दावी विरोधको निराकणपछिको उम्मेद्वारको नामावली प्रकाशित हुनेछ भने उम्मेद्वारी फिर्ता लिने समय २९ जुनसम्म रहनेछ ।
जुन ३० तारिखसम्ममा अन्तिम नामावली प्रकाशित यसपछि बाँकी रहेका उम्मेद्वारकोबिचमा जुन ८ तारिखका दिन निर्वाचन हुनेछ । यस पटकको निर्वाचनमा ८ हजार २ सय ४० मतदाताले भाग लिने निर्वाचन आयोगका राष्ट्रिय कमिश्नरकृष्ण हमालले जानकारी दिनुभयो । हमालले विभिन्न सार्वजनिक माध्यमबाट आएको विवादका विषयमा टुंगो लगाउने निकाय एनआरएन अष्ट्रेलियाको अहिलेको कार्यसमिति भएको भन्दै आफुहरुरुलाई आएको मतदाताको सूचिमा रहेका व्यक्तिहरुले निर्भयतापूर्वक चुनावमा मतदान गर्ने वातावरण निर्माण गर्न आफुहरु लागिरहेको बताउनुभयो । उहाँले ८ जुलाईको निर्वाचनको प्राविधिक विषयमा जुलाई १ तारिखमा अष्ट्रेलियाका विभिन्न राज्यहरुमा स्थानीय नेताहरु, मतदाता र उम्मेद्वारकाबीचमा अन्तरक्रिया गरिने पनि बताउनुभयो ।
यस पटक मतदाताको आधारमा सबैभन्दा ठूलो राज्य न्यूसाउथवेल्स दरिएको छ भने दोश्रोमा क्वीन्सल्याण्ड रहेको छ । यसैगरी सबैभन्दा कम मतदाता रहेको राज्यमा तास्मानिया रहेको छ । तास्मानियामा जम्मा ४४ जना मात्र सदस्य छन् । निर्वाचनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि डा। कृष्ण हमाललाई राष्ट्रिय निर्वाचन आयुक्त तोकिएको छ भने यसको सदस्यहरुमा न्यूसाउथवेल्सबाट सुजित सिग्देल, भिक्टोरियाबाट सुनिल भण्डारी, क्यानबेराबाट विक्रम सुवेदी, साउथ अष्ट्रेलियाबाट सुरेन्द्र रेग्मी, क्वीन्सल्याण्डबाट गोविन्द बराल, वेष्टर्नअष्ट्रेलियाबाट यादव शर्मा र नर्दन टेरोटरी डार्विनबाट नवीन वाग्ले सदस्य छन् । यसैगरी नरेश थापा, ध्रुव सुवेदी, केशव शर्मा र हेमन्त काफ्ले पनि निर्वाचन कमिटीको राष्ट्रिय सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed