Breaking News.... EverestOnlineKhabar
May 12, 2026

काठमाडौंबाट नवलपरासीतर्फ जन्ती गइरहेका एकजना त्रिशूलीमा खसेर बेपत्ता

Loading

चितवन,१८ असार ।
चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै एक व्यक्ति चिप्लिएर लड्दा त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । बिवाहका लागि काठमाडौंबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नम्बरको गाडीमा सवार जन्तीसँगै रहेका करिब ४५ वर्षीय रञ्जन चापागार्इं सडकछेउबाट आज चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ५ः४५ मिनेटको समयमा लडेका उनको अवस्था अज्ञात छ । जाम परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडकछेउबाट चिप्लिएर लडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उनी पिसाब फेर्न लाग्दा लडेको अनुमान गरिएको छ । अहिले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । घटनास्थल मुग्लिन र कुरिनटारको बीचमा पर्छ । यसअघि, शुक्रबार र शनिबार पनि कालीखोला नजिकै चिप्लिएर लड्दा एक जनाको पहिरोमा परेर मृत्यु भएको थियो भने अर्का एकजना बेपत्ता नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.