![]()
काठमाडौ,१८ असार ।
आइतबार बिहान काठमाडौं उपत्यका लगायत पूर्वका जिल्लामा भूकम्पको धक्का महसुश गरिएको छ । भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ७ बजेर ४३ मिनेटमा ओखलढुंगालाई केन्द्रविन्दु बनाएर ५.१ रेक्टरस्केलको भुकम्प गएको हो। यो २०७२ वैशाख १२ गतेको परकम्प नै भएको अधिकारीले बताए ।
पूर्वका रामेछाप, भोजपुर, ओखलढुंगा, धनकुटा लगायतका जिल्लामा ठूलै धक्का महसुश गरिएको थियो । भूकम्प आएपछि मानिसहरुको भागाभाग चलेको जनाईएको छ ।


