Breaking News.... EverestOnlineKhabar
May 12, 2026

फोरम लोकतान्त्रिकको विजयी सुरुवात, नवलपरासीको सराबल जित्यो

Loading

काठमाडौ,१८ असार ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले विजयी सुरुवात गरेको छ । नवलपरासीको सरावल गाउँपालिकामा जित दर्ता गराउँदै उसले विजयी सुरुवात गरेको हो । सरावलमा फोरमका उम्मेदवार राघेश्याम चौधरी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।
फोरमको तर्फबाट विजयी चौधरीले ५०४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ३९१६ मत पाए । उपप्रमुखमा पनि फोरम लोकतान्त्रिककै पल्लाभारी भएको छ । उपमेयरमा फोरम लोकतान्त्रिककी उत्तमा राय ४४५९ मतका साथ विजयी भएकी हुन् ।
उता, नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । पाल्हीनन्दनमा माओवादी केन्द्रका दीपक गुप्ता विजयी भएका हुन् । गुप्ताले ४३५१ मत ल्याएका छन् । यहाँको उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार पवित्रादेवी कहारको पल्लाभारी भएको छ । कहारले ३९१७ मत पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.