![]()
एजेन्सी,१७ जेठ ।
संयुक्त राष्ट्र संघले लामो समयदेखि भइरहेको द्वन्द्वका कारण यमन सामाजिक, आर्थिक तथा संस्थागत रुपले पूर्ण पतनको अवस्थामा पुगेका निष्कर्ष निकालेको छ । राष्ट्र संघले यमनलाई पतनको अवस्थाबाट मुक्त गर्न तत्काल सहयोग र प्रभावकारी कामको खाँचो रहेकोसमेत जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक स्टिफन ओ ब्रिएनले राष्ट्रसंघ सुरक्षा परिषद्सँग कुरा गर्दै यमनमा तत्काल प्रभावकारी काम नगर्ने हो भने पूर्ण पतन भएर जाने जानकारी दिएका हुन् । यमनमा मानवीय संकटको अवस्था भयावह बन्दै गएको र ७० लाख मानिस भोकमरीको चपेटामा रहेको राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले यमनका नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको बताएको छ ।


