Breaking News.... EverestOnlineKhabar
October 5, 2026

नेपाली कांग्रेसमा तीव्र विवाद: देउवा पक्ष भोलि सर्वोच्च जाने, गगन थापा पक्ष असोजमा महाधिवेशन गर्न दृढ

Loading

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः उत्कर्षमा पुगेको छ। संस्थापन गगन थापा पक्षले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेलगत्तै इतर देउवा पक्षले त्यसलाई रोक्न कानुनी र राजनीतिक कदम चाल्ने निर्णय गरेको छ।
इतर देउवा पक्षका नेताहरूको  बिहीबार बिहान डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले महाधिवेशन कार्यतालिका स्थगनको माग गर्दै आज  शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराउने निर्णय गरेको छ।

बैठकको निर्णयबारे जानकारी दिँदै नेता एनपी साउदले भने, “केन्द्रीय कार्यसमितिले एकपक्षीय रूपमा घोषणा गरेको महाधिवेशन कार्यतालिका कानुन र पार्टी विधानविपरीत छ। यसलाई रोक्न अन्तरिम आदेश  माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै छौँ।”
यसैबीच, देउवा पक्षले विशेष अधिवेशनलाई अवैध घोषित गर्न माग गर्दै दिएको पुनरावलोकन  निवेदनमा सर्वोच्च अदालतले यसअघि नै निस्सा  प्रदान गरिसकेको छ। सर्वोच्चको यो कदमसँगै उक्त मुद्दामा पुनः सुनुवाइ हुने बाटो खुलेको छ, जसले गर्दा संस्थापन पक्षलाई कानुनी जटिलता थपिने देखिएको छ।
अर्कोतर्फ, संस्थापन गगन थापा पक्षले भने पूर्वघोषित योजनाअनुसार नै महाधिवेशन अघि बढाउने अडान लिएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्तिम कार्यतालिका पारित गरिसकेको छ।
दुवै पक्ष आ-आफ्नो अडानमा कायम रहेपछि नेपाली कांग्रेसभित्रको विभाजन र कानुनी लडाइँ अझै पेचिलो बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed