Breaking News.... EverestOnlineKhabar
April 19, 2026

अमेरिकाद्वारा मिसाइल सुरक्षा प्रणालीको सफल परीक्षण

Loading

एजेन्सी,१७ जेठ ।
अमेरिकाले अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) विरुद्ध मिसाइल सुरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । अमेरिकाले पहिलो पटक आइसिबिएम विरुद्ध सुरक्षा प्रणालीको सफल परीक्षण गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको हवाई अड्डाबाट जमिनमा आधारित सुरक्षा प्रणालीको सफल परीक्षण गरिएको अमेरिकी मिसाइल सुरक्षा एजेन्सी (एमडिए) ले जनाएको छ । प्ररीक्षण गरिएको सुरक्षा प्रणालीले नम्बली ब्यालेस्टिक मिसाइललाई ध्वस्त पारेको एमडिएले जनाएको छ ।
लामो समयको योजनापछि सुरक्षा प्रणालीको परीक्षण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । उत्तर कोरियाले लगातार गरिरहेको मिसाइल परीक्षणका कारण आफूहरुले सुरक्षा प्रणालीको परीक्षण गरेको पेन्टागनको भनाई छ । उत्तर कोरियाको लगातारको मिसाइल परीक्षणका कारण कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको छ ।
उत्तर कोरियाले यो वर्षको नवौं मिसाइल परीक्षण गरेपछि पेन्टागनले सुरक्षा प्रणालीको परीक्षण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed