Breaking News.... EverestOnlineKhabar
April 19, 2026

मन्त्रीपरिषद् बैठकःदोस्रो चरणको चुनाव असार १४ गते गर्ने निर्णय

Loading

काठमाडौ,१७ जेठ ।
सरकारले दोस्रो चरणको स्थानीय तहको चुनावको मिति पुनः सारेको छ । मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार १४ गते बुधबार गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ बाट असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार १४ गतेका लागि सार्ने निर्णय भएको हो । चुनाव सार्नेबारे प्रधानमन्त्रीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो ।
निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहको चुनाव एकैपटक वैशाख ३१ गते गर्नेगरी तयारीलाई अन्तिम चरणमा पुर्‍याएका बेला त्यसअघि पनि सरकारले राजनीतिक वातावरण कायम गर्ने भन्दै दुई चरण चुनाव गर्नेगरी दोस्रो चरणको चुनाव यही जेठ ३१ गते गर्ने निर्णय गरेको थियो ।
मौसमको हिसाबले असार ९ या १४ मा खासै भिन्नता नभएकाले राष्ट्रिय जनता पार्टी राजपालाई समेत चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले अर्को मिति घोषणा गरेको हो । सरकारले निर्वाचन ऐन संशोधनका लागि संसदमा प्रस्ताव समेत दर्ता गरेको छ । राजपालाई उम्मेदवारी मनोनयनमै देखिएको कानुनी जटिलता हटाउन ऐन संशोधन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed