Breaking News.... EverestOnlineKhabar
April 19, 2026

बन्ने भयो राष्ट्रपति–उपराष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने कानुन….

Loading

काठमाडौ,१७ जेठ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिले पदीय हैसियतले सम्पादन गरेको कामकारबाहीबारे अदालतलमा मुद्दा चलाउन नपाइने व्यवस्थासहितको कानुन बन्ने भएको छ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राष्ट्रपति र उपराष्ट्रपतिविरुद्ध अदातलमा मुद्दा नलाग्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
संविधानले‘संविधानको कसीमा सबै बराबर’ हुने भने पनि राष्ट्रपति र उपराष्ट्रपतिले पदीय जिम्मेवारी निर्वाह गर्दा मुद्दा खेप्नुनपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको हो । सर्वोच्च अदालतले यसअघि विभिन्न मुद्दामा राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने तर्क गर्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउन भनेको थियो ।
पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल काण्ड, संविधानको म्याद थप प्रकरण, अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्ति प्रकरणमा राष्ट्रपतिलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा निवेदन दिन खोजिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed