![]()
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको क्षमता विस्तार गरिने भएको छ ।
चीन सरकारले सहयोगमा करिब सय श्ययाको तीनतले नयाँ भवन बनाएर क्षमता विस्तार गर्न थालिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए। उनका अनुसार भवन बनाउनका लागि चीन र नेपाल सरकारबीच सम्झौतासमेत भइसकेको छ ।
अहिले रहेको भवनको पश्चिमतिर अत्याधुनिक भवन बनाउन लागिएको हो । ‘चीन सरकारले भवन बन्ने ठाउँको स्थलगत अवलोकन गरिसकेको छ’’ ,उनले भने, ‘सन् २०१८ सम्म भवन बनाइसक्ने योजना रहेको छ ।’’
यसअघि पनि चीन सरकारको सहयोगमा नै उक्त अस्पताल विसं २०६५ मा सञ्चालनमा आएको हो । अहिले अस्पतालमा एक सय ३४ श्यया छन् ।


