Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बमलाई हातले फालेर मतदान केन्द्रलाई बिष्फोटबाट बचाउने प्रहरीको सर्वत्र प्रशंसा…..

Loading

दाङ,१५ असार ।
तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत बिद्यालय प्रतापकोट मतदान केन्द्रमा फ्याँकिएको बम तत्काल हातले खोल्सातिर फालेर बिस्फोटबाट बचाउने प्रहरी हवल्दार दुर्गा बहादुर रानाको सर्वत्र प्रशंसा भएको छ । दुई अज्ञात व्यक्तीले मतदान स्थलनजिक बम फ्याँकेर भागेलगत्तै रानाले उक्त बमलाई खोल्सातिर फ्याँकेर मतदान स्थललाई बिस्फोटबाट बचाएका थिए ।
रानाले साहसिक काम गरेको र उक्त कामको सर्वत्र प्रशंसा भैरहेको छ । पहाडी ईलाका भएकाले बिहान हुस्सु लागेको र बम फाल्ने व्यक्तीहरुलाई पक्राउ गर्न कठिन भएको प्रहरीले जनाएको छ । खबर प्रकाशित भएलगत्तै गृहमन्त्री जनार्दन शर्माले हवल्दार रानालाई फोन गरेर धन्यवाद समेत दिएका थिए ।
यसैगरी, घोराही उपमहानगरपालिका–१८ गिठेपानीस्थित सडकमा दिउँसो शंकास्पद पदार्थ फेला परेको थियो । झोलाभित्र राखेर छोडिएको उक्त बिस्फोटक पदार्थलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed