Breaking News.... EverestOnlineKhabar
June 25, 2026

चुनाव बहिस्कार गर्नु गल्ती भएको राजपाका नेताहरुको स्वीकारोक्ति….

Loading

काठमाडौ,१५ असार ।
राष्ट्रिय जनता पार्टी(राजपा) का नेताहरुले चुनाव बहिस्कार गर्नु गल्ती भएको स्वीकार गरेका छन् । चुनाव बिथोल्ने घोषणासहित आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टीका दुई शीर्ष नेताले पार्टीको अपील मधेसी जनताले खारेज गरेको टिप्पणी समेत गरेका छन् । राजपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल र महामन्त्री तथा प्रमुख सचेतक बृजेश गुप्ताले जनताको मतदानको इच्छा रोक्न नसकिएको स्वीकार गरे । भैरहवामा रहेका शुक्लले भनेः‘मेरो क्षेत्रका सबै मतदान केन्द्रको निरीक्षण गरेँ । जनताले उत्साहपूर्वक मतदानमा भाग लिएका छन् । मैले चाहिँ पार्टीको आदेश मानेर मतदान गरिनँ तर, मेरा कार्यकर्ता र जनतालाई शुभेच्छा दिएर फर्किएँ ।’
शुक्लको मतदान केन्द्र रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ४ बिजगारी निमावी फरेनामा पर्छ । उनी विहानै आफ्नो मतदान केन्द्रमा पुगे पनि भोट हालेनन् । त्यहाँबाट गाउँपालिका अध्यक्षमा राजपाका दुलारे हरिजन स्वतन्त्र उम्मेदवार छन् । शुक्लले हरिजनलाई आफ्नो शुभकामना रहेको भन्दै उनको जितका लागि हरसम्भव प्रयत्न गरेको बताए । शुक्लले मतदान बहिस्कार गर्ने राजपाको अपील जनताले खारेज गरेको स्वीकारेका छन् ।
यस्तै, कपिलबस्तुको तौलिहवामा रहेका राजपाका महामन्त्री बृजेश गुप्ताले पनि चुनाव बहिस्कार गर्ने पार्टीको निर्णय जनता र कार्यकर्ताले खारेज गरेको बताए । पार्टी निर्णय अनुसार आफूले मतदान नगरेपनि स्वतन्त्र उठेका आफ्ना कार्यकर्तालाई साथ सहयोग दिएको बताए । राजपाको मुख्य प्रभाव रहेका कपिलबस्तु र रुपन्देहीका स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । तर, नवलपरासीको प्रतापुर गाउँपालिकामा भने मतदान निकै कम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed