Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कोलम्बियामा डुंगा दुर्घटनाः ९ जनाको शव फेला, कयौं बेपत्ता

Loading

एजेन्सी,१२ असार ।
उत्तरपश्चिम कोलम्बियामा एउटा डुंगा डुब्दा कयौं यात्री बेपत्ता भएका छन् । अधिकारीहरुका अनुसार ९ जनाको शव फेला परेको छ । उक्त डुंगामा करिब एक सय ५० यात्री सवार थिए । डुंगामा सवार यात्रीमध्ये अधिकांश पर्यटक रहेको बताइएको छ । तर उनीहरु कुन–कुन मुलुकका थिए भन्नेबारे प्रष्ट भइसकेको छैन ।
मेडलिन सहर नजिकै सो दुर्घटना भएको हो । केही यात्रुको भने उद्धार गरिएको छ । उद्धार गरिएका यात्रुको संख्या खुलाइएको छैन । उद्धारका लागि सेनाको हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed