Breaking News.... EverestOnlineKhabar
June 25, 2026

चार मुलुकले कतार समक्ष राखेका माग पुरा गर्न कठिन…..?

Loading

एजेन्सी,१२ असार ।
अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनले प्रतिबन्ध हटाउन चार अरब मुलुकले कतार समक्ष राखेका केही माग पूरा गर्न कठिन हुने बताएका छन् । साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनले कतार समक्ष प्रतिबन्ध हटाउने सर्तका रुपमा १३ बुँदे माग राखेका थिए । अमेरिकी विदेशमन्त्री टिल्लर्सनले ती माग कतारका लागि कठिन हुने खालका रहेको बताएका हुन् । चार देशका मागको सूचीले समस्या समाधानका लागि वार्ताको आधार भने तयार गरेको उनको भनाइ छ ।
अमेरिकी विदेशमन्त्री टिल्लर्सनले कतार समक्ष प्रस्तुत गरिएका मागलाई आधार बनाएर अरब क्षेत्रको समस्या समाधानका लागि वार्तामा बस्नुपर्नेमा जोड दिए । कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नुपर्ने लगायत चार देशले १३ बुँदे माग प्रस्तुत गरेका छन् । १० दिनको अल्टिमेटमसहित प्रस्तुत गरिएका मागमा टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नुपर्ने तथा इरानसँगको सम्बन्ध घटाउनुपर्नेलगायतका छन् । तर, कतारले यी माग पूरा गर्न नसकिने बताइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed