Breaking News.... EverestOnlineKhabar
June 25, 2026

स्थानीय तह निर्वाचनःमौन अवधि सुरु, चुनाव प्रचार बन्द…..

Loading

काठमाडौ,१२ असार ।
बुधबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलवार रातिबाट मौन अवधि शुरु भएको छ । १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि गएराति १२ बजेपछि मौन अवधि सुरु भएको हो । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ मा मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ ।
मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ । मौन अवधि सुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले किसिमको प्रचार गर्न नहुने निर्देशिकामा उल्लेख छ ।
निर्वाचनको मौन अवधिमा आफ्ना वेबसाइट तथा फेसबुक र ट्विटरलगायत कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्न नहुने जनाउँदै निर्वाचन आयोगले त्यस्ता प्रचारप्रसारका क्रियाकलाप नगर्न र मौन अवधिको पूर्ण पालना गर्न सरोकार भएका सबै पक्षसँग आग्रह गरेको छ ।
मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिमाथि हदैसम्मको कारबाही हुने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed