![]()
एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो ।
सामसुङका अनुसार फोल्डेबल डिस्प्लेसँगै सामसुङ मोबाइल प्रयोगकर्ताले नयाँ अनुभव गर्न पाउनेछन् । कम्पनीले यो फोल्डेबल डिस्प्लेलाई इनफिनिटी फ्लेक्स डिस्प्ले भनेको छ ।


