![]()
बीबीसी । अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या ३१ पुगेको छ । २ सय जना हराइरहेका छन् । क्यालिफोर्नियाको उत्तरी दुई स्थानबाट फैलिएको क्याम्प फायर नाम दिइएको डढेलोका कारण २ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
६ हजार ७ सय घर र उद्योगका भवनहरु ध्वस्त भएका छन् । हावा चलेकाले डढेलो थप क्षेत्रमा फैलिएपछि राज्यका गर्भनर जेरी ब्राउनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई विशेष विपत घोषणा गर्न आग्रह गरेका छन् । हिजो मात्र राष्ट्रपति ट्रम्पले कमजोर वन व्यवस्थापनका कारण डढेलो लागेको भन्दै संघीय सहयोग कटौति गर्ने चेतावनी दिएका थिए ।


