Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो ।

यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ । आगामी महिनादेखि यो स्मार्टफोनको व्यवसायिक हिसाबले उत्पादन सुरु हुने बताइएको छ ।

सामसुङका अनुसार फोल्डेबल डिस्प्लेसँगै सामसुङ मोबाइल प्रयोगकर्ताले नयाँ अनुभव गर्न पाउनेछन् । कम्पनीले यो फोल्डेबल डिस्प्लेलाई इनफिनिटी फ्लेक्स डिस्प्ले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed