![]()
बैतडी । बैतडी पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आइतबार बिहान आगलागी हुँदा बिनापानीको दमकल आगो निभाउन पुगेको छ। स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ।
बिहान साढे चार बजे घर परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको थियो । आगलागी भएको खबर पाउनेबित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुर्याएको भए पनि दमकलमा पानी नभएका कारण फेरि फर्केर पानी भरेर दमकल ल्याइएको थियो । स्थानीय,प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।
दमकलमा पानी नभएका कारण बढी क्षति भएको भन्दै स्थानीयवासीहरुले असन्तुष्टि जनाएका छन्। पानीबिनाको दमकल घटनास्थल पुगेपछि स्थानीय बासिन्दा आक्रोशितसमेत भएका थिए।


