Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अश्लिल सामग्री रोक्न ‘पोर्न साइट’ छुट्याउनै मुश्किल

Loading

एजेन्सी । सरकारले यौनजन्य अश्लील सामाग्रीको सहज पहुँचमा रोक लगाउन भन्दै त्यस किसिमका वेबसाइटहरु बन्द गर्न निर्देशन दिएपनि इन्टरनेट सेवा प्रदायकहरुले भने सरकारले तोकेर दिएको साइटबाहेक अरु बन्द गर्न नसक्ने बताएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले निर्देशन दिएपछि दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई बोलाएर सरकारको निर्देशन कार्यन्वयन गर्न भनेको थियो । तर, सेवा प्रदायकहरुले भने कुन–कुन साइट बन्द गर्ने हो तोकेर दिन प्राधिकरणलाई भनेका छन् ।
‘कुन पोर्न साइट हो, कुन होइन भन्ने छुट्याउन हामी कुनै नियामक निकाय होइन । सरकारले दिएको निर्देशन कार्यान्वयन गर्छौ तर, हामी आफैँ अनुगमन गर्दैनौ’, सेवा प्रदायक कम्पनीको भनाई छ ।

दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै मुलुकी अपराध संहिता–२०७४ ले यौनजन्य सामाग्रीहरुको आदानप्रदान प्रकाशन र प्रशारणलाई बन्देज लगाएको भन्दै त्यस्ता वेबसाइटहरु बन्द गर्न निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed