Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं ।नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र भेट्रान स्पीनर शक्ति गौचनले पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट एउटै टिमबाट खेल्ने भएका छन्।

पोखरामा कात्तिक ९ देखि २० गतेसम्म हुने पीपीएलको लागि आइतवार भएको अक्सनबाट पारस खड्का मार्की प्लेअर रहेको चितवत राइनोजले शक्ति गौचनलाई खरिद गरेको हो।  पहिलो चरणमा कुनै पनि टिमले भाउ नलागएपछि अलसोल्ड भएका ३४ वर्षिय शक्तिलाई पारसको चितवनले अन्तिमा ‘विचलिस्ट’ मार्फत लिएको हो।

शक्तिले सुरुमा आफ्नो बेस प्राइज २ लाख १० हजार राखेका थिए। राष्ट्रिय टिमबाट खेलिसकेका सिनियर क्याप्ड प्लेअरको बेस प्राइज १ लाख ५० हजार मात्र भएपनि खेलाडीले आयोजकको नियमअनुसार आफ्नो प्राइज बढाएर राख्न पाउने थियो। शक्ति पीपीएल अक्सनमा सबैभन्दा बढी बेस प्राइज राख्ने खेलाडी समेत हुन्।

त्यसै अनुरुप चितवनले अक्सनको अन्तिममा पेनाल्टीसहित शक्तिलाई उनको बेस प्राइज भन्दा बढी २ लाख ६२ हजार ५ सय रुपैयाँमा खरिद गरेको हो।

अक्सनमा प्रत्येक टिमले १३ लाखका न्युनतम १० खेलाडी लिनुपर्ने थियो। जसअनुसार चितवनले ९ खेलाडी लिँदा नै १२ लाख ८० हजार खर्च गरिसकेको थियो। एक खेलाडी लिनैपर्ने अवस्थामा चितवनले पहिलो चरणमा अनसोल्ड रहेका शक्तिलाई उनको बेस प्राइजको २५ प्रतिशत पेनाल्टी तिरेर लिएको हो।

गत अगष्टमा नेदरल्याण्ड्स विरुद्ध पहिलो ओडिआई सिरिज खेलेपछि राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेका शक्ति हाल नेपाली यू-१९ टोलीको म्यानेजरको रुपमा बंगलादेश गएका छन्।

आइतवारको अक्सनबाट पीपीएल खेल्ने ६ टोलीले कम्तीमा १० र बढीमा १३ खेलाडी आफ्नो टिममा छनोट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed