Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले हारबाट यात्रा सुरु गरेको छ । शनिबार भएको खेलमा बलियो टोली भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले हराएको हो । भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दिप जोराले २० रन बनाए । ७ ब्याट्सम्यनले दोहोरो अंक नै जोड्न सकेनन् । यसअघि बंगलादेशको सभारमा पहिले ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

नेपालका भीम सार्कीले ४ विकेट लिए भने रसिद खानले २ विकेट आफ्नो नाममा लेखाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed