![]()
काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले हारबाट यात्रा सुरु गरेको छ । शनिबार भएको खेलमा बलियो टोली भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले हराएको हो । भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
नेपालका भीम सार्कीले ४ विकेट लिए भने रसिद खानले २ विकेट आफ्नो नाममा लेखाए ।


