Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दशैंका लागि माटो लिन गएका एकै परिवारका तीन जनाको मृत्यु

Loading

दाङ ।दाङमा माटोको ढिस्कोले पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नं. ४ दोलाई खोला निवासी १२ वर्षीया रोजिना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र ३५ वर्षीया मिना चौधरीको मृत्यु भएको हो ।

शनिबार दिउँसो १ बजेतिर दसैँमा घर लिप्ने माटो खन्न गएका उनीहरूलाई माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तीनै जना एउटै घर परिवारका हुन् । श्यामकुमारी र मिना नन्द भाउजु हुन् भने रेजिना भतिजी रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed