![]()
एजेन्सी । सन् २०२४ को युरोकप फुटबल प्रतियोगिता आयोजनाको अवसर जर्मनीको पोल्टामा परेको छ। युरोपियम फुटबल युनियन(यूइएफए)को कार्यकारिणीले मतदानबाट उक्त टुङ्गो लागेको हो । मतदानअघि दुबै देशले आफ्नो दाबीदारीको लागि स्वीजरल्यान्डमा अन्तिम प्रस्तुति दिएका थिए।
एकिकृत जर्मनीका रूपमा उसको यो पहिलो युरो कप आयोजना हुनेछ। सन् १९८८ मा पश्चिम जर्मनीले यस प्रतयोगिताको आयोजना गरेको थियो। टर्कीले आजसम्म कुनै पनि महत्वपूर्ण अन्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्ने अवसर पाएको छैन।
टर्कीले यसअघि सन् २००८, २०१२ तथा २०१६ मा पनि दाबेदारी प्रस्तुत गरेको थियो। उसले २०२० को गृष्मकालिन ओलम्पिकको लागि पनि दाबेदारी प्रस्तुत गरेको थियो।
जर्मनीले सन् २००६ मा विश्वकप फुटबल आयोजना गरिसकेको छ।


