Breaking News.... EverestOnlineKhabar
July 11, 2026

सांसदहरुको गिद्धे नजरः गरिबका लागि बनेको भवन सांसदलाई दिन माग

Loading

काठमाडौ,साउन ।
गरिब र न्यून आय भएका नागरिकका लागि तयार पारिएका भवन प्रदेश प्रमुख र प्रदेश सरकारका मुख्यमन्त्रीलाई दिने तयारी भएको भन्दै उक्त भवन मुख्यमन्त्रीको सट्टा सांसद्हरूलाई दिन माग भएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्री नियमित रूपमा उपत्यकामा नबस्ने भएकाले ती आवास सांसद्लाई उपलव्ध गराउन काँग्रेस सांसद् दिव्यमणि राजभण्डारीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अस्थायी मुकाममा नै आवास र कार्यालय रहेकाले प्रदेश प्रमुखलाई उपत्यकामा पनि आवासको व्यवस्था गर्नु उचित नहुने भन्दै राजभण्डारीले आवास आफूहरुलाई दिन माग गरे । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा उनले भनेः‘ मुख्यमन्त्रीहरू धेरै यहाँ बस्नुहुन्न । गरिब पहिचान गरी जनतालाई दिने भनिएका घरहरू प्रयोगविहीन छन् । बरु त्यस्ता भवन सांसद्का लागि दिइयोस् ।’
नागार्जुन नगरपालिकाको इचङ्गुनारायणमा निर्माण सम्पन्न भएका ती भवनहरू चार वर्षदेखि प्रयोगविहीन छन् । प्रयोगविहीन भवन प्रदेश प्रमुख र मुख्यमन्त्रीलाइ दिन लागिएको खबर सार्वजनिक भएसँगै सांसद्ले पनि उक्त आवास माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.