Breaking News.... EverestOnlineKhabar
July 6, 2026

भारतीय मूलका बिहारी महिलाहरू, जसले सर्वसाधारणको घरभित्रै पसेर आतङ्क मच्चाइरहेको छ

Loading

सङ्घीय राजधानी काठमाडौँमा पछिल्लो समय नयाँ शैलीका लुटपाटका घटनाहरू बढेर गएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो रिपोर्ट अनुसार काठमाडौँका विभिन्न स्थानमा भारतीय मूलका बिहारी महिलाहरूको एउटा सङ्गठित ग्याङ सक्रिय भएको छ, जसले सर्वसाधारणको घरभित्रै पसेर आतङ्क मच्चाइरहेको छ।यो समूहले योजनाबद्ध रूपमा लुटपाट गर्ने गरेको पाइएको छ। बाटोमा हिँडिरहेका सर्वसाधारणलाई एक्कासि चारैतिरबाट घेरा हालेर घाँटीको सुनको सिक्री काट्ने र फरार हुने उनीहरूको मुख्य तरिका रहेको छ। त्यति मात्र नभएर, दिउँसोको समयमा सुरक्षा सावधानी नभएका घरहरूमा सोझै प्रवेश गरी दराज तथा झोलामा राखिएका नगद रकम उनीहरूले सफाचट पार्ने गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा दृश्यमा त उनीहरूले घरमा बालबालिकाले बचतका लागि राखेका प्लास्टिकका खुत्रुके जबर्जस्ती फुटाई भित्र रहेका हजारौँका नोटहरू लुटेर लगेको देखिन्छ।विशेष गरी ४ देखि ५ जनाको समूहमा हिँड्ने यी महिलाहरू एउटै घरलाई निसाना बनाएर भित्र पस्ने गर्दछन्। दिउँसोको समयमा घरमा कोही नभएको वा महिला र बालबालिका मात्र भएको मौका छोपेर उनीहरूले यस्ता अपराध गरिरहेका छन् । यो घटना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएसँगै स्थानीय बासिन्दाहरूमा त्रास बढेको छ। स्थानीयले आफ्नो टोल छिमेकमा कुनै पनि अपरिचित मानिस शङ्कास्पद रूपमा घुमफिर गरेको देखेमा तुरुन्तै सतर्क रहन र नजिकैको प्रहरी चौकीमा खबर गर्न सबैलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.