Breaking News.... EverestOnlineKhabar
July 6, 2026

भारतको राजस्थानमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, १४ जना पक्राउ; ३ वटा होटलमा चल्यो बुलडोजर

Loading

एभरेस्ट अनलाइन खबर डेस्क

नयाँ दिल्ली (एजेन्सी)

भारतको राजस्थानमा एक १३ वर्षीया बालिकालाई अपहरण गरी ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको विरक्तलाग्दो र अमानवीय घटना सार्वजनिक भएको छ। राजस्थानको श्रीगंगानगरमा घटेको यस जघन्य अपराधले यतिबेला चौतर्फी आक्रोश पैदा गरेको छ।

प्राप्त जानकारी अनुसार ती अबोध बालिकालाई अपहरण गरी ५ दिनसम्म विभिन्न होटलहरूमा बन्धक बनाइएको थियो। सो अवधिमा ३२ जना अपराधीहरूले उनीमाथि बर्बरताको सबै सीमा पार गर्दै सामूहिक बलात्कार गरेका थिए।

प्रहरी एक्सन र कारबाही

यो घिनलाग्दो र्‍याकेटको पर्दाफाश गर्दै प्रहरीको विशेष अनुसन्धान टोली (SIT) ले द्रुत गतिमा कारबाही अघि बढाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १४ जना अभियुक्तहरूलाई पक्राउ गरिसकेको छ भने अन्य फरार आरोपीहरूको खोजी कार्य तीव्र पारिएको छ।

‘अमानवियको ठेगाना बनेका होटलमा चल्यो बुलडोजर

घटना बाहिरिएपछि प्रशासनले कडा रूप अपनाएको छ। बालिकामाथि जघन्य अपराध र क्रूरताको अखडा बनेका ३ वटा होटलहरूलाई प्रशासनले बुलडोजर चलाएर पूर्ण रूपमा ध्वस्त  पारिदिएको छ। अपराध र अपराधीहरूलाई संरक्षण दिने यस्ता ठाउँहरूमाथि गरिएको यो कडा प्रशासनिक एक्सनको सर्वत्र चर्चा भइरहेको छ।

पीडितको अवस्था र कडा सजायको माग

पीडित बालिकाको हाल अस्पतालमा उपचार भइरहेको छ। सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा यस घटनाका दोषीहरूलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय दिनुपर्ने माग जोडदार रूपमा उठिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.