![]()
काठमाडौँ, २६ असार ।
काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका एक युवकको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपाली रहेका छन् । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचार भइरहेको थियो ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (SP) नवराज अधिकारीका अनुसार नेपालीको उपचारकै क्रममा निधन भएको हो । यद्यपि, अस्पताल प्रशासनले भने यसको औपचारिक जानकारी दिन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण र थप विवरण आउन बाँकी छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
www.everestonlinekhabar.com


