![]()
एजेन्सी,साउन ।
बेलायतको संसद भवनअगाडि एकजना सवारीचालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बिहानको भीडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शंकास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।
विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारी–साधनको प्रयोग गरी चारओटा आतंकवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाइसमेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ ।
प्रहरीले आमसर्वसाधारणलाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।


