Breaking News.... EverestOnlineKhabar
July 5, 2026

थाइल्याण्डमा ११ वर्षीय बालकले चलाएको गाडी ठोक्किँदा ९ बौद्ध भिक्षुको मृत्यु, १४ घाइते

Loading

बैंकक (एजेन्सी) ।

थाइल्याण्डको पूर्वोत्तर क्षेत्रमा पर्ने मुकदाहान प्रान्तमा एउटा विष्मयकारी र दुःखद सडक दुर्घटना भएको छ, जहाँ एक ११ वर्षीय बालकले चलाएको पिकअप ट्रक बौद्ध भिक्षुहरूको समूहमाथि अनियन्त्रित भई गुड्दा ९ जना भिक्षुको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार उक्त भीषण दुर्घटनामा परी अन्य १४ जना भिक्षुहरू गम्भीर घाइते भएका छन् ।

तीर्थयात्राका क्रममा भएको थियो दुर्घटना

दुर्घटना भएको समयमा ३५ जना बौद्ध भिक्षुहरूको एउटा समूह पैदलै धार्मिक तीर्थयात्रा (पदम यात्रा) मा निस्किएको थियो । सोही क्रममा तीव्र गतिमा आएको पिकअप ट्रकले भिक्षुहरूको समूहलाई ठक्कर दिएको थियो । ११ वर्षका नाबालकले कसरी र कुन परिस्थितिमा गाडी चलाए भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

बालक प्रहरी नियन्त्रणमा, अनुसन्धान सुरु

घटनाको लगत्तै स्थानीय प्रहरीले ट्रक चालक ११ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ । नाबालिगले गाडी चलाउनु र यति ठूलो दुर्घटना हुनुको वास्तविक कारणबारे प्रहरीले गम्भीरताका साथ अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

यस दुःखद घडीमा एभरेस्ट अनलाइन खबर परिवार सम्पूर्ण मृतक भिक्षुहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

ॐ शान्ति शान्ति शान्ति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed