Breaking News.... EverestOnlineKhabar
July 11, 2026

एसियन गेम्सको पुरुष फुटबलतर्फ नेपाल जापानसँग १–० गोलले पराजित

Loading

काठमाडौ,साउन ।
१८ औं एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।इन्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ती रंगशालामा भएको खेलमा नेपाल जापानसँग १—० गोलअन्तरले पराजित भएको हो ।
खेलको सुरुवाती समयमा नै गोल गर्दै जापानले अग्रता बनाएको थियो । जापानका लागि मितोमा काओरुले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो ।
पहिलो हाफको सुरुवाती समयमा सम्हालिन नसक्दा नेपालले जापानलाई रोक्ने अवसर गुमायो । पहिलो हाफमा जापानले केही उत्कृष्ट सर्ट प्रहार गरेको थियो ।
पहिलो हाफमा १–० गोलअन्तरले पछि परेको नेपालले दोस्रो हाफमा भने जापानलाई बराबरीमा रोक्न सफल भयो । जापानका खेलाडीले प्रहार गरेको सर्टलाई कप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।
नेपालले रक्षात्मक खेल खेलेपनि जापानलाई रोक्न भने सकेन ।
एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको समूह डि मा नेपालसहित जापान, भियतनाम र पाकिस्तानसँग रहेका छन् । दोस्रो खेलमा भियतनामसँग अगष्ट १६ मा खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.