![]()
काठमाडौं। पूर्व सांसद भरत शम्शेर राणाप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले राणाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारणा गरेको छ ।
उनको शनिबार कोलकत्तामा ९१ वर्षको उमेरमा निधन भएको थियो । । २०१७ साल पुस १ गते राजा महिन्द्रले बहुदलीय व्यवस्था खारेज गरेर पञ्चायति व्यवस्था लागू गरेपछि उनले आफ्नो दललाई कांग्रेसमा विलय गराई संघर्षमा उत्रेका थिए ।
राणा २०१५ सालको आम चुनावमा तत्कालीन गोरखा परिषद् दलबाट निर्वाचित भएर प्रमुख प्रतिपक्षी दलका नेता बनेका थिए । उनी धादिङ जिल्लाबाट प्रतिनिधिसभाको सांसद बनेका थिए ।


