![]()
बीबीसी । अमेरिकाको सियाटलमा रहेको विमानस्थलबाट जहाज चोरेर उडाउने २९ वर्षे युवा एयरलाइन्सका कर्मचारी रहेको र उनीसँग आधिकारिक परिचयपत्र पनि रहेको सरकारी अधिकारीले बताएका छन् ।
होरिजन एयरमा तीन वर्षदेखि कार्यरत रिचर्ड रसेलले सियाटल–टकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चोरेर उडाएका थिए । जहाज उडान भरेको केही समयपछि समुद्रमा दुर्घटनाग्रस्त भएको थियो ।
उनले होरिन एयरको क्यु ४०० विमान उडाएका हुन् । रसेलले विमान सरसफाइ गर्ने तथा यात्रुका झोलाहरु विमानमा मिलाएर राख्ने काम गर्दै आएका थिए । उनले अनुमति बिना नै जहाज उडाएका थिए ।
उनले विमान ९० मिनेटसम्म उडाएको र त्यसपछि समुद्रमा खसेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा उनको निधन भयो । एयरलाइन्समा सँगै काम गर्ने साथीहरुले रसेल शान्त स्वभावको व्यक्ति रहेको बताएका छन् ।


