![]()
काठमाडौं । डा गोविन्द केसीले आफ्नो सत्याग्रह तुहाउने षड्यन्त्रस्वरुप सरकारले कर्णालीबाट आफूलाई काठमाडौं लैजाने प्रयास गरेको बताएका छन् । डा. केसीको समर्थनमा शनिबार काठमाडौंमा प्रदर्शनपछि भएको कोणशभालाई कर्णालीबाटै अडियो रेकर्डमार्फत संबोधन गर्दै उनले आफूले राखेका माग सम्बोधन गर्न सरकार तयार भए अनशन तोड्न तयार रहेको बताए ।
“मलाई उठाएर काठमाडौं लैजाने होइन, म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भैरहेको छ । उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु,” उनले अडियो संबोधनमा भनेका छन्, “जनतामुखी र विद्यार्थीमुखी अध्यादेश तोडमोड गरेर नेता र माफियामुखी ऐन ल्याउने तयारी सरकारले गर्दैछ । जसले दुई तिहाइ भोट दिए ,उनीहरूको हकहितविरुद्ध हुने गरी ऐन ल्याइँदैछ । नागरिकमुखी ऐन ल्याउनुपर्छ माफियामुखी र डन पोस्ने गरी ल्याउने होइन ।”
डा केसीको समर्थनमा आयोजना भएको ¥यालीमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, स्वास्थ्यकर्मी, कानुन व्यवसायी तथा समर्थक तथा सुवेक्षुकको सहभागिता थियो ।


