Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको ट्रेडिंग १.७ प्रतिशतले बढेको छ। यस वर्ष अम्बानीको कुल सम्पत्तीमा ४ अर्ब डलर बढेको छ। उता ज्याकको अलिबाबा समूहलाई यस वर्ष १.४ अर्ब घाटा भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि अम्बनीले सन् २०२५ सम्म रिलायन्स दोब्बर हुने बताएका थिए। यसका लागि रिलायन्सले जियो गीगा फाइबर लन्चिङ्गको घोषणा गरेका थिए। फाइबरलाई ११ सय सहरमा सुरु गर्ने रिलायन्सको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.