Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्वीटरले नक्कली तथा शंकास्पद मानिएका झण्डै ७ करोड अकाउन्ट बन्द गरिदिएको छ । गत मे महिना यता यतिठूलो संख्यामा अकाउन्ट बन्द गरिएको हो । ट्वीटरको प्लाटफर्मलाई सफा गर्ने पछिल्लो एकत्रित प्रयास अन्तर्गत ट्वीटर अकाउन्ट बन्द र निलम्बन गरिएको बताइएको छ ।

यसरी बन्द गरिएका मध्ये अधिकांश ट्रोलका लागि प्रयोग गरिएका तथा स्वचालित बोट्सबाट चलाइने गरिएका थिए । यस विषयमा ट्वीटरले कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन, तथापि सोसल नेटवर्कमा प्रयोगकर्ताको अन्तक्रियालाई प्रभावकारी बनाउने प्रयास गरिरहेको स्वीकारेकाे छ ।

सोसल मिडियामा सयौँ हजार स्वचालित बोट्सहरुद्वारा सञ्चालित अकाउन्ट रहेको खुलासा गर्ने शोधकर्ता जुआन गुजम्यानले ट्वीटरद्वारा वषौँदेखि यस्ता स्वचालित ट्विट नियन्त्रणमा प्रयास नभएको बताउने गरेका थिए ।

निकै पछिसम्म पनि सम्म ट्वीटरले उसको प्लाटफर्मका लागि बोट्स समस्या हो भन्ने ठानेको थिएन र बोट्स पहिचानका लागि कुनै प्रयास गरेको थिएन], उनले भनेका छन् ।

ट्वीटरका एक अधिकारीका अनुसार अहिले ट्वीटरले जुनसुकै मूल्यमा वाकस्वतन्त्रतालाई प्रवद्र्धन गर्ने कुरामा भन्दा पनि प्रयोगकर्ताको सुरक्षामा ध्यान दिइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.