![]()
एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । मुम्बई इण्डियन्सलाई ३ विकेटले हराउँदै राजस्थानले तेस्रो जित हात पारेको हो ।
जयपुरमा मुम्बईले दिएको १६८ रनको राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । राजस्थानका सन्जु सामसनले ५२ रनको अर्धशतकीय पारी खेल्दा बेन स्टोक्सले ४० रनको योगदान गरे । त्यस्तै कृष्नापा गोथामले अविजित ३३ र कप्तान अजिन्का रहानेले १४ रन जोडे । मुम्बईका जस्प्रित बूम्रहा र हार्दिक पाण्डयले समान २ – २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६७ रन जोडेको थियो । मुम्बईको लागि सूर्यकुमार यादवले ७२ तथा इशान किशानले ५८ रनको जोडेका थिए । यस्तै मुम्बईका केइरोन पोलार्डले अविजित २१ रन बनाए । राजस्थानका जोफ्रा अर्चेरले ३ तथा धवल कुल्कर्नीले २ विकेट लिए ।
यो जितसँगै राजस्थानले ६ खेलबाट ६ अंक जोडेको छ । लिगको पाँचौ स्थानमा रहेको राजस्थानको प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ । पराजित मुम्बई ५ खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ ।


