Breaking News.... EverestOnlineKhabar
July 7, 2026

स्पेनिस ला लिगामा एथ्लेटिको मेड्रिड बराबरीमा रोकिएपछि बार्सिलोना फाइदामा

Loading

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । घरेलु मैदानमा बराबरीमा रोकिएसँगै एथ्लेटिको मड्रिडको ला लिगाको उपाधि होड समेत लगभग सकिएको छ । यो बराबरीले शीर्ष स्थानको बार्सिलोनालाई भने फाइदा पुगेको छ ।

घरेलु मैदानको बराबरीपछि एथ्लेटिको मड्रिडले ३४ खेलबाट ७२ अंक जोडेको छ । पाँचौ स्थानको बेटिसको ५६ अंक छ ।  लिगमा एथ्लेटिको बार्सिलोनाभन्दा ११ अंकले पछि छ ।

लिगमा ८३ अंक जोडेको बार्सिलोना उपाधि उचाल्नबाट मात्र एक खेल टाढा रहेको छ । लिगमा पाँच खेल बाँकी रहदा बार्सिलोनाले एक खेल जिते उपाधि उचाल्ने छ । बार्सिलोनाले अब अप्रील २९ मा डिपोर्टिभो ला करुनासँग खेल्दैछ । उक्त खेल जित बार्सिलोनाले २५ औं ला लिगा उपाधि जित्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.