Breaking News.... EverestOnlineKhabar
July 7, 2026

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन नेपाल र भारतबीच छलफल सुरु

Loading

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन नेपाल र भारतका अधिकारीवीच सोमबारबाट काठमडौंमा छलफल सुरु भएको छ ।

दुवै देशका जलस्रोत अधिकारीको संयुक्त बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम र आर्थिक विषयमा एकरुपता दिनेवारे छलफल भैरहेको छ । यो परियोजना २३ बर्षदेखि चर्चामा छ । यसको काम भने अगाडि बढ्न सकेको छैन् ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा एकरुपता बनेको छैन् । आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच विवाद छ । भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने मत राखेको छ । नेपालले चाहिँ बराबरीको धारमा पानी उपलब्ध हुनुपर्ने अडान राख्दै आएको छ । बैठकमा यी विवादित विषयमा सहमति जुटाउने प्रयास भैरहेको छ ।

बैठकले विशेष गरी पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विशेष पहल गर्ने विश्वास लिइएको छ । आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच कुरा मिल्न नसक्दा विस्तृत परियोजना प्रतिवेदनले अन्तिम रुप पाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.