Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौँ — मन्त्री परिषद्ले कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले तत्कालीन पुनरावेदन अदालतका पूर्व न्यायाशीध मोहनरमण भट्टराईको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा पूर्वसहसचिव जीवनवल्लभ अधिकारी, भूमिअधिकारकर्मी जगतबहादुर देउजा र दुर्गा दाहाल छन्। आयोगको सदस्य सचिवमा भूमिव्यवस्थामन्त्रालयका सहसचिव शंकर थापालाई तोकिएको स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed