![]()
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीन जनाको डिएनए परीक्षणको रिपोर्ट आएको छ। विष्टसहित उनका छोरा किरण विष्ट र मेयरका भतिज आयुष विष्टको डिएनए निर्मलासँग नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
शंका गरिएका व्यक्तिको डीनएन नमिलेपछि घटना थप रहस्यमय भएको छ । निर्मलाका आमाबुवाले यसलाई सरकारको षडयन्त्र भनेका छन भने नागरिक समाज र निर्मलाको पक्षमा आवाज उठाइरहेकाहरुले समेत प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन । उनीहरुले निर्मलाको भेजिनाबाट लिइएको नमूना नै नक्कली हुनसक्ने आशंका समेत गरेका छन । साथै, डिएनए परीक्षण गर्दासमेत चलखेल भएको उनीहरुको दाबी छ ।
गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा बालिका पन्तको उखुबारीमा शव फेला परेको थियो। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग म्याच गरेन।
बलात्कारपछि हत्याको घटनामा स्थानीय र पीडित परिवारले एसपी विष्ट, उनका छोरा किरण र आयुषमाथि आशंका गरेपछि प्रहरीले उनीहरुको डिएनए परीक्षणका लागि नमुना संकलन गरेको थियो।
प्रहरीले पन्तको हत्यामा संलग्न मुख्य अभियुक्त भन्दै सार्वजनिक गरिएका दिलिपसिंह विष्टको पनि डिएनए परीक्षण नमिलेपछि अदालतको आदेशमा छोडिएको थियो।


