![]()
बीबीसी । पाकिस्तानले संयुक्त राष्ट्र संघमा जम्मु कास्मिरको मुद्दा उठाएको छ। संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै पाकिस्तानका परराष्ट्र मन्त्री शाह महमुद कुरेसीले भारतले जम्मु कास्मिरमा राज्य प्रायोजित आतंक फैलाइ रहेको आरोप लगाए।
‘यो भारत नै हो जसले अकिपाइड जम्मु र कास्मिरमा राज्यद्वारा प्रायोजित आतंक फैलाइरहेको छ। यो संयुक्त राष्ट्र संघको चासोको विषय हो।
जम्मु कस्मिर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को एजेन्डा हो,’ महासभामा उनले भने , ‘कास्मिरी युवाहरूले ज्योति गुमाइरहेका छन् र उनीहरूको भविष्य बन्दुक गोलीमा परिणत भएका छन्, जसरी सिरियाली बाबुहरू आफ्ना सन्तान ढलिरहेको हेरेका छन्, राष्ट्र संघले यसतर्फ हेर्न पर्छ।’
उनले पाकिस्तानले भारतसँग सार्वभौम समानता र आपसी समझदारीका आधारमा सम्बन्ध चाहेको भन्दै सबै किसिमको विवादहरूको समाधान गम्भीर र विस्तृत संवादबाट समाधान खोजेको बताए।
उनले दक्षिण एसियाको शान्ति जम्मु कास्मिर समस्यासँग जोडिएको बताए। ‘दक्षिण एसियाको शान्ति कास्मिर समस्याको तर्कसंगत समाधानसँग प्रत्यक्ष रूपमा जोडिएको छ। जुन कास्मिरी जनताको विचारसँग सम्बन्धित छ,’ उनले भने। उनले कास्मिरी जनतालाई आतंकको बिल्ला भिराउन नपाइनेसमेत बताए।


