Breaking News.... EverestOnlineKhabar
May 1, 2026

एशिया कपको फाइनल खेल शुक्रवार, उपाधिका लागि भारत र बंगलादेश भिडने

Loading

एजेन्सी । एशिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिडने भएका छन । पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेपछि उपाधिका लागि भारतसंग भिडन लागेको हो । शुक्रवार हुने फाइनल खेलमा भारत बलियो देखिएपनि बंगलादेशले कडा टक्कर दिने लगभग निश्चित छ ।

मुसफिकर रहिम र मोहम्मद मिथुनको अर्धशतकप्रेरित बंगलादेशले  पाकिस्तानलाई ३७ रनले हराउँदै एसिया कपको फाइनलमा स्थान बनाएको हो ।

मुसफिकर रहिमले ९९ तथा मिथुनले ६० रन बनाएपछि अबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर ब्याटिङ गरेको बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो । तर बंगलादेशका मुस्तफिजुर रहिमले ४ विकेट लिएपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ९  विकेट गुमाएर २ सय २ रनमात्र बनाउन सक्यो ।

अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो गर्न नसके पनि रहिम र मिथुनले बंगलादेशको इनिङ सम्हालेका थिए । पाकिस्तानका जुनैद खानले ४ विकेट लिँदा शाहीन शाह अफ्रिदी र हसन अलीले समान २/२ विकेट लिए ।

पाकिस्तानका ओपनर इमाम उल हकले ८३ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । १ सय ५ बल खेलेका उल हकले २ चौका र १ छक्का प्रहार गरे । असिफ अलीले ३१, सोएब मलिकले ३० रन जाड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

दश ओभर बलिङ गरेका मुस्तफिजुर रहमानले २ मेडन राख्दै ४३ रन दिएर ४ विकेट लिए । मेहदी हसनले २  विकेट विकेट लिँदा रुबेल होसिन, महमुदुल्लाह र सौम्य सरकारको नाममा १/१ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed