![]()
काठमाडौं। नेपालमा गर्भपतनल कानूनी मान्यता पाएको १६ वर्ष पुगिसकेको छ। विगतका १६ वर्षमा गर्भपतन सम्बन्धी धेरै राम्रा काम भएता पनि यस क्षेत्रमा अझै धेरै चुनैतीहरु रहेको विज्ञहरुल बताएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षमा असुरक्षित गर्भपतनका करण ४४ हजार महिलाहरुको मृत्यु असुरक्षित गर्भपतनका कारणले हुन्छ भने ५० लाख महिलाहरु दीर्घरोगी भएर जीवन बिताउन बाध्य हुन्छन्।
सन् २०१० देखि २०१४को अध्ययन अनुसार विश्वमा गर्भवती महिलाहरुमध्ये २५ प्रतिशतले मात्र सुरक्षित गर्भपतन गरको पाइएको छ।गुटमार्चर इन्सटिच्युटका अनुसार सन् २०१२को एउटा प्रतिवेदन अनुसार विकान्सोमुख देशहरुमा (पूर्वी एसिया) बाहेक करीब ७० लाख महिलाले असुरक्षित तरिकाले गर्भपतन गराएर त्यसका लागि उपचार गरेको देखाइएको छ।
असुरक्षित गर्भपतन गराउने महिला मध्ये चारजनामा एक जनालाई जिवनभरी नै उपचार गर्नु पर्ने र दिर्घकालिन स्वास्थ्य समस्या हुने संभावना प्रवल रहेने बताउछिन बरिष्ठ कन्सल्टेन्ट गाइनोकोलोजिष्ट डा. पुण्य पौडेल।
उनका अनुसार अशुरक्षित गर्भपतन गराउने महिलाहरुलाई शारीरिक,मानसिक, आर्थिक, र भावनात्मक समस्या व्यप्त हुने गर्दछ।धेरै जसो महिलाहरुमा अशुरक्षित गर्भपतनकै कारणले अधिक रक्तश्राव हुने, विभिन्न संक्रमण हुने, पिसाब थैली, पाठेघर र आन्तरिक अंगमा चोटपटक लाग्ने जस्ता समस्याहरु हुन्छन्।
नेपालमा सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत संस्था१३०० रहेको छ भने ३ हजार आठ सय २० जना तालिम प्राप्त स्वास्थ्यकर्मीबाट १२ लाख महिलाहरुले सुरक्षित गर्भपतनबाट लाभान्वित छन्।


