Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी ।  क्रिष्टियानो रोनाल्डोले इटालीयन क्लब युभेन्ट्सबाट खेलेको पहिलो खेलमा रेडकार्ड पाएपछि  म्यान्चेस्टर युनाइटेडसँगको खेलमा सहभागी हुने वा नहुने भन्ने विषयमा अहिले चर्चा भइरहेको छ । च्याम्पियन्स लिगको पहिलो खेलमा १० खेलाडीमा सीमित भएको भ्यालेन्सियाविरुद्ध २—० गोल अन्तरको जित निकालेको थियो । उक्त खेलमा रोनाल्डोले भ्यालेन्सियाका जोइसन मुरिलोमाथि दुव्र्यवहार गरेपछि उनले रेडकार्ड पाएका थिए ।

च्याम्पियन्स लिगको नियमअनुसार रोनाल्डो तत्काललाई एक खेलमात्रै गुमाउने भएका छन् भने पछि पुनः उनले अन्य तीन खेल गुमाउन सक्ने सम्भावना रहेको छ ।

यो सिजनको पहिलो खेलमा रातो कार्ड पाएका रोनाल्डोले स्वीस फुटबल क्लब योङ्ग ब्वाइजसँगको अक्टोबर २ को खेल गुमाउने निश्चित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed